Shekhar Acharya

Shekhar Acharya

Career and Professional Experience

Community Involvement

Why I'm Running ?

How You Can Help ?

मतदान र निर्वाचन सम्बन्धी आधारभूत जानकारी

  • के तपाईंले कहिल्यै यो सोच्नु भएको छ कि आफ्नो घर नजिक एक शिशु स्याहार केन्द्र होस् ?
  • के तपाइँलाइ यो लाग्दछ कि अस्पतालको आपतकालीन सेवाहरु अझ छिटो, छरितो होस् ?
  • के तपाइँको फुर्सदमा टहलिने बाटोहरु उजेलो र अझ सुरक्षित हुनु पर्दछ जस्तो लाग्दछ ?
  • कि तपाइँ यो सोच्दै हुनुहुन्छ कि हाम्रा चोकहरु, रेलबिसौनी वरपरका क्षेत्र हरु अझ सुरक्षित हुन् ?

यी माथि उल्लेख गरिएका र अन्य थुप्रै यस्तै दैनिक जीवनका महत्वपूर्ण सेवा र सुबिधाहरुका बारेमा निर्णय गर्ने निर्णयकर्ताहरुको छनोटको लागि सन् २०२५ को स्प्रिंग ( kevat) मा फिनल्याण्ड भरि स्थानीय नगरपालिका र कल्याणकारी काउन्टीहरुको निर्बाचन हुदैं छ।

मतदान किन गर्ने ?

लोकतन्त्र या प्रजातान्त्रिक पद्धतिमा मतदान गर्ने अधिकार हामी सबैलाई प्रदान गरिएको सबैभन्दा ठूलो अधिकार हो। मतदान गर्नु हाम्रो अधिकारको प्रयोग मात्र होइन कि हाम्रो दायित्व पनि हो।

मैले मतदान नगर्दैमा के हुन्छ र ?

यस्तो लाग्न सक्छ कि मेरो एउटा मतले के नै हुन्छ र ! तर, निर्बाचनमा हरेक मतको मूल्य हुन्छ। हरेक मतले कुनै एक विचार, सिद्धान्त र दर्शनलाइ प्रतिनिधित्व गर्दछ। हर- एक मतले जित र हार गराउन सक्दछ। तपाईंले मतदान नगर्नाले तपाईंको ठीक विपरीत विचारले एक मत बढाउँछ र जितको नजिक पुग्दछ ।

के मतदान गर्न सजिलो छ ?

पक्कै पनि। बास्तबमा भन्ने हो भने फिन्ल्याण्डमा मतदान गर्न हामीले सोचे भन्दा सजिलो छ।

मतदान गर्न कहाँ जानु पर्दछ ?

अग्रिम मतदान गर्ने समयमा मुख्य सार्बजनिक स्थलहरु जस्तो की : पुस्तकालयहरु ( libraries ), किनमेल गर्ने केन्द्रहरु ( shopping centres ), सार्बजनिक चोकहरु ( Public Spaces) हरुमा मतदान केन्द्रहरु राखिएका हुन्छन। मतदाताहरुको सुबिधाको लागि बिहान देखि बेलुका सम्म मतदान गर्ने सुबिधा हुन्छ। अग्रिम मतदान गर्ने समयमा आफ्नो नगरपालिका भित्रका कुनै पनि मतदान केन्द्रमा गएर मतदान गर्न सकिन्छ। ( link to election centres )

मुख्य मतदान गर्ने दिनमा भने, निर्बाचन कार्यालयले तोकेको कुनै एक स्थानमा मात्र मत खसाल्न पाइन्छ।

मतदान सुरु हुने भन्दा करिब एक महिना अगाडी निर्वाचन कार्यलयले हरेक मतदाताको नाममा घर -घरमा एउटा चिठ्ठी पठाउँदछ जसमा अग्रिम मतदान र मुख्य मतदान केन्द्रहरुको बारेमा सम्पूर्ण जानकारी समाबेस गरिएको हुन्छ।

मतदान गर्न के- के चाहिन्छ ?

फिनिश नागरिकको हकमा तपाइको फोटो सहितको परिचय खुल्ने फिनल्याण्डको प्रहरीले जारि गरेको परिचय पत्र (identity card /henkilo korti ), अथवा फिनिश राहदानी ( passport/passi ), र अन्यको हकमा फिनल्याण्डको प्रहरीले जारि गरेको परिचय पत्र (identity card /henkilo korti ) वा आवासिय अनुमति कार्ड ( resident permit ) र आफ्नो देशको राहदानी साथमा हुनु पर्दछ। निर्वाचन केन्द्रले पठाएको पत्र साथमा लिएर जान सकिन्छ तर त्यो अनिवार्य भने छैन।

मतदान कसरी गर्ने त ?

  • निर्वाचन केन्द्रमा आफ्नो पालो कुर्ने
  • भित्र जाने अनुमति प्राप्त भएपछि निर्वाचन अधिकारीलाइ आफ्नो परिचय- पत्र र अन्य आवस्यक कागजात ( बिशेष अवस्थामा बाहेक आवस्यक पर्दैन ) पेश गर्ने
  • निर्वाचन अधिकारीले एक मतपत्र दिन्छन जसमा बिचमा एउटा ठुलो गोलो भाग हुन्छ। त्यो मतपत्र लिएर गोप्य मतदान गर्ने बुथमा जाने र आफुलाई मन लागेको उम्मेदवारको उम्मेदवार संख्या त्यस गोलो भित्र स्पष्ट हुने गरि लेख्ने।
  • मतपत्रलाइ (मतपत्रलाई) पट्याउने र निर्देश गरिएको निर्वाचन अधिकारीलाई दिने वा उसले निर्देश गरे अनुसार गर्ने।
  • तपाइको मतदान सम्पन्न भयो। अब मतदान गर्ने केन्द्र बाट बाहिर निस्कने।

मतदान गर्न कति समय लाग्छ ?

यो कुरा मतदाताहरु को भीडमा निर्भर रहन्छ तर पनि सामान्यतया २- देखि ५ मिनेट भित्रमा मतदान प्रक्रिया सम्पन्न हुन्छ।

उम्मेदवारको उम्मेदवार - संख्या ( candidate number ) कसरि थाहा पाउने ?

उम्मेदवारहरुले आफ्नो निर्वाचन अभियानका दौरान आफ्नो निर्वाचन संख्याको बारेमा जानकारी गराएका हुन्छन, त्यसकै आधारमा आफ्नो उम्मेदवारको उम्मेदवार- संख्याको जानकारी मिल्दछ। त्यो संख्यालाइ याद गर्नु सब भन्दा राम्रो विकल्प हो। तर संख्या याद नभए पनि, हरेक मतदान केन्द्रमा र मतदान गर्ने बुथमा पनि सम्पूर्ण उम्मेदवारको नाम र संख्या भएको पोस्टरहरु राखिएका हुन्छन। आफ्नो उम्मेदवारको नाम थाहा भएमा, उम्मेदवार संख्या थाहा पाउन निक्कै सजिलो र सहज हुन्छ।

नगरपालिकाको चुनाव , उम्मेदवार मनोनयन र सेवा सुबिधा

नगरपालिकाको निर्वाचन / चुनाब के हो ?

यो एउटा निर्वाचन हो जसले नगरपालिकाले प्रदान गर्ने सबै सामाजिक सेवा र सुविधाहरूको योजना बनाउने काम गर्ने नगर-परिषद निर्माणार्थ सल्लाहकारहरू / पार्सदहरु छान्दछ । नगर परिषद् नगरपालिकामा निर्णय गर्ने सर्वोच्च निकाय हो जसको कार्य परिषद्का लागि निर्णयहरूको मस्यौदा तयार गरी व्यवहारमा उतार्ने हो।

यसका सदस्यहरू स्थानीय निर्वाचनका माध्यमबाट नगरपालिकाका बासिन्दाहरूको सार्वभौमिक मताधिकारको आधारमा चार वर्षका लागि निर्वाचित हुन्छन्। किनकि नगरपालिकाहरू राजनीतिक निर्णयद्वारा निर्देशित हुन्छन, मुलत राजनितिक दलहरु द्वारा छानिएका उम्मेदवारहरुनै नगर परिषदका सदस्यहरु हुने गर्दछन । नगर परिषद्ले नगर कार्यपालिकाका सदस्यहरू चयन गर्दछ। नगरपालिकामा सार्वजनिक सेवाहरू प्रदान गर्ने जिम्मेवारीमा रहेका नगरपालिका समितिहरूमा पनि नगर परिषद्ले सदस्यहरू चयन गर्दछ। तिनीहरूको नाम र गतिविधिहरूको दायरा नगरपालिका अनुसार फरक- फरक हुन्छन । शिक्षा समिति र केन्द्रीय नगरपालिका निर्वाचन बोर्ड, सबैभन्दा चिर परिचित समिति हुन्।

नगरपालिकाको कार्य र दायित्वहरु के-के हुन्छन्?

आफ्ना बासिन्दाहरूलाई निश्चित वैधानिक आधारभूत सेवाहरू प्रदान गर्ने जिम्मेवारी नगरपालिकाको हो। आधारभूत सेवाहरू :

  • शिक्षा र प्रशिक्षण (teaching and training)
  • प्रार्भिक बाल-शिक्षा र हेरचाह (primary child care and education)
  • पुस्तकालय सेवाहरू (library services)
  • युवा रोजगार (youth employment)
  • निर्माण पर्यवे्षण (Construction supervision)
  • वातावरीय सेवाहरू (environmental services)
  • पूर्वाधार मर्मत सम्भार (facilities maintenance and care)
  • पानी र फोहोर व्यवस्थापन (water and waste management)
  • निर्वाचन संगठन (election commission)

नगरपालिकाको उम्मेदवार कसरि चुनिनछन ? कसले उम्मेदवार मनोनयन गर्न सक्छ ?

नगरपालिकाको निर्वाचनमा तल उल्लेखित मध्ये कुनै एक प्रक्रिया पुरा गरेको अबस्थामा कुनै पनि व्यक्तिको उम्मेदवारी मनोनयन हुन सक्दछ :

१) कुनै पनि राजनीतिक दलमा प्रवेश गरेर उक्त राजनीतिक दलले मनोनयन गरेमा

प्रत्येक राजनीतिक दललाई नगरपालिकामा निर्वाचित हुने स्थानीय पार्षद संख्याको डेढ गुणा ( एक र आधा ) उम्मेदवार मनोनयन गर्ने अधिकार छ। उदाहरणका लागि, नगरपालिकामा निर्वाचित हुने स्थानीय पार्षदको संख्या २५ छ भने एउटा दलले बढीमा ३८ जना उम्मेदवार मनोनयन गर्न सक्नेछ। राजनीतिक दलहरूले चुनावी गठबन्धन पनि बनाउन सक्दछन, यद्यपि, चुनावी गठबन्धनले मनोनयन गर्न सक्ने उम्मेदवारहरूको अधिकतम संख्या एउटै दलले मनोनयन गर्न सक्ने उम्मेदवारहरूको अधिकतम संख्या जत्तिकै हुन्छ।

२) योग्य मतदाताद्वारा स्थापित निर्वाचन क्षेत्र संघले मनोनयन गरेमा ।

एउटा उम्मेदवार मनोनयनका लागि सम्बन्धित नगरपालिकामा मतदान गर्ने अधिकार प्राप्त गरेका कम्तिमा १० जना व्यक्तिले ( यो सम्बंधामा उक्त नगरपालिकाको जनासंक्या अनुसार कम्ति मा तिन र बढीमा १० ) एउटा निर्वाचन क्षेत्र संघ स्थापना गरेर पनि कुनै योग्य व्यक्तिलाइ उम्मेदवार मनोनयन गर्न सक्दछ। निर्वाचन क्षेत्र संघहरूले नगरपालिकामा निर्वाचित हुने स्थानीय पार्षद संख्याको डेढ गुणाले बढी हुने गरि गरी उम्मेदवारहरु को संयुक्त सूची बनाउन सक्नेछन्।

मनोनित उम्मेदवारहरु को सुची, नगरपालिका निर्वाचन समितिलाई निर्वाचन हुने मितिले कम्तिमा ४० दिन अगाडी नगरपालिका निर्वाचन समितिलाई बुझाइसक्नु पर्दछ।

केन्द्रीय नगरपालिका निर्वाचन बोर्डले उम्मेदवारहरूको सूची र योग्यता जाँच गर्दछ र चुनावको दिन भन्दा ३० दिन अगाडी उम्मेदवारहरूको मनोनयन पुष्टि गर्दछ। केन्द्रीय नगरपालिका निर्वाचन बोर्डले उम्मेदवारहरूको मास्टर लिस्ट तयार गर्दछ, जसमा सबै दल, निर्वाचन क्षेत्र संघ र संयुक्त सूचीका उम्मेदवारहरू गोलाप्रथाद्वारा क्रमबद्ध रूपमा सूचीबद्ध हुन्छन्। मास्टर लिस्टमा प्रत्येक उम्मेद्वारको नम्बर (नम्बर २ बाट सुरु हुने गरि ), नाम र शीर्षक, पेशा वा स्थिति समावेश हुन्छ।

निर्वाचित पार्सदहरुको सेवा र सुबिधाहरु के के हुन् ?

परिषद्, कार्यकारी बोर्ड, र नगरपालिका बोर्ड- सदस्यहरू जिम्मेवारीका पदहरू भएका हुनाले तिनीहरूलाई पूर्ण-समय कामको रूपमा लिइँदैन।तसर्थ तिनको पूर्ण -कालिन तलब र सुबिधा पनि हुदैनन् तथापि पार्सदहरुले पाउने पारिश्रमिक नगरपालिका र नगरपालिकाको आर्थिक र अन्य स्थितिमा निर्भर गर्दछ।

तर सामान्यतया २०१७ मा प्रकाशित एक तथ्याङ्क अनुसार, एक नियमित काउन्सिल सदस्यलाई प्रति-बैठकको आधारमा औसतमा ७० यूरो भुक्तानी गरिन्छ।

नेपालको र फिन्ल्याण्डको नगरपालिका चुनाब : समानता र भिन्नताहरु

उम्मेदवार छनोट

नेपाल:

पार्टीको नेता वा पार्टी समितिले प्रत्यक्ष रूपमा उम्मेदवार छनोट गर्दछन

फिनल्याण्ड:

स्थानीय पार्टी समितिले उम्मेदवारको निर्णय गर्छ वा निर्वाचन क्षेत्र- संघेले उम्मेदवार मनोनयन गर्दछन।

उम्मेदवारहरुले कुन कुन स्थानको लागि चुनाब लड्दछन ?

नेपाल:

नगरपालिकाभित्र मेयर र उपमेयर, कोषाध्यक्ष, सचिब, का साथ - साथै एउटा नगरपालिका भित्रका सम्पूर्ण वडाहरूमा वडा - अध्यक्षदेखि वडा सदस्य जस्ता पदहरुको लागि चुनाब लड्दछन् (सामान्यतया एउटा वडाको भौगोलिक र जनसंख्याको आधारमा कम्तिमा १० पदहरू रहने गर्दछन।)

फिनल्याण्ड:

मेयर र उप-मेयर अझै पनि फिनल्याण्डको लागि नयाँ पदहरु हुन् र अझै पनि कुनै निश्चित उम्मेद्वारहरू नहुन सक्छन। निर्वाचित व्यक्तिले पछि काउन्सिलद्वारा निर्वाचित हुने गरि मेयर वा उपमेयर पदको लागि दाबी गर्न सक्दछन । फिन्ल्याण्ड्मा वडा- अध्यक्ष र सदस्य जस्ता पदहरु पनि हुदैनन् बरु नगरपालिका भित्र बाट पार्सद हरु चुनिन्छन्। कुनै एक क्षेत्रबाट अनिवार्य प्रतिनिधि हुनुको सट्टा सम्पूर्ण नगरपालिकाको प्रतिनिधिहरु चुनिन्छन्।

एउटा पदको लागि कति उम्मेदवारले उम्मेद्वारी दिन पाउँदछन् ?

नेपाल:

एउटा पदको लागि एउटा राजनीतिक दलबाट केवल एक जनाले मात्र उम्मेदवार हुन पाउँदछ।

फिनल्याण्ड:

एउटा राजनीतिक दलले पार्सदहरुको लागि उक्त नगरपालिकामा भएको कुल पार्सद संख्याको डेढ गुणा उम्मेदवारलाइ मनोनयन गर्न सक्दछ।

उम्मेदवारको जित कसरि निर्णय गरिन्छ ?

नेपाल:

कुनै पदमा सब भन्दा बढी मत पाउने उम्मेदवार नै उक्त बिशेष पदको लागि निर्वाचित हुन्छ। जस्तो कि मेयर पदको उम्मेद्वारहरुमध्ये सब भन्दा बढी मत ल्याउने उम्मेदवार नै मेयर हुन्छ भने कुनै एउटा वडा भित्र अद्क्ष्य पदमा सब भन्दा बढी मत ल्याउने उम्मेदवार नै अदक्ष्य हुन्छ।

फिनल्याण्ड:

एउटा उम्मेदवारले पार्सदको पद मा निर्वाचित भयो कि भएन भन्ने कुरा निम्न उल्लेखित बुदाँहरुमा निर्भर गर्दछ :

  • उम्मेदवार संलग्न राजनीतिक दलले प्राप्त गरेको कुल मत कति हो र त्यो कुल मत उक्त नगरपालिकामा खसेको कुल मतको कति प्रतिसत हो ?
  • उक्त उम्मेदवारले प्राप्त गरेको कुल मत, उ संलग्न राजनीतिक -दलको सबभन्दा बढी मत प्राप्त गर्ने उमेद्वारको मतको कति प्रतिसत हो ?
  • उ संलग्न राजनीतिक दलले नगरपालिकामा कति वटा पार्सद को सीट प्राप्त गरेको छ, त्यसको आधारमा उसको कुल मत संख्या सब भन्दा बढी मध्यकोमा पर्छ वा पर्दैन ?

उदाहरण्को लागि यदि कुनै एउटा राजनीतिक दलले कुल खसेको मत मध्ये २० प्रतिसत मत प्राप्त गरेको हो भने १०० मध्ये २० वटा पार्सदको सिट प्राप्त गर्दछ। तसर्थ उक्त राजनीतिक दलबाट उम्मेद्वारी दिएर आफ्नो दलको प्राप्त मत मध्ये सब भन्दा बादी मत प्राप्त गर्ने २० जना पार्सदमा निर्वाचित हुन्छन।

नेपाली तथा आप्रबासी मतदाताहरुमा अपिल

बिगत बाह्र वर्ष देखि फिनल्याण्डलाइ आफ्नो कर्म भुमि बनाएको म शेखर आचार्य, यहाँहरुका माझमा आफुलाइ स्थानिय निकायको निर्बाचनको उम्मेदवारको रुपमा प्रस्तुत गर्न पाउँदा निकै गर्ब महसुस गर्दछु । बिगतका केहि वर्षहरुमा फिनल्याण्ड भित्र सामाजिक क्षेत्रमा काम गर्ने हर सम्भब इमान्दार प्रयास गरको छु र आउँदा दिनहरुमा पनि गरिरहने छु।

मुलत आफ्नो जन्म भुमि छाडी फिन्ल्याण्ड्लाइ कर्म भुमि बनाएका हामि जस्तै थुप्रै आप्रावासी समुदायहरुको उल्लेख्य उपस्थिति भएता पनि नीति तथा नियम तहमा आप्रवासी समुदायको प्रतिनिधित्व भने हुन सकेको छैन र भएको अबस्थामा पनि उल्लेख्य छैन। हाम्रा दैनिक जिविकामा प्रत्यक्ष र परोक्ष रुपमा असर गर्ने नीतिगत तहमा यदि हामीले अहिले नै काम गरेनौं भने हाम्रा भोलिका पुस्ताप्रति यो ठुलो अन्याय हुने छ।

हामि सबैले आफ्नै लागि र बिशेष गरि आउदै गरेको पुस्ताको भबिस्यलाइ मध्य नजर गर्दै, नीति नियम बनाउने तहमा आफ्नो संलग्नता सुनिस्चित गर्न अब ढिला गर्नु हुन्न भन्ने मूल मान्यता सहित मैले २०२५ मा हुन गैरहेको स्थानिय निर्बचानमा उम्मेद्वारी दिएको छु।

हामीजस्ता आप्रिबासिहरुको यहाँको स्थानिय र मूल राजनीतिमा संलग्न हुनु निकै महत्वपुर्ण रहन्छ र मेरो उम्मेद्वारी निम्न उल्लेखित कुराहरुको सुनिस्चितताको लागि हो :

प्रतिनिधित्व

राजनीतिक संलग्नातानै हाम्रो आफ्नो आवाज र चासोहरूको प्रतिनिधित्व सुनिस्चितता गर्ने एक ससक्त माध्यम हो। मेरो उम्मेद्द्वारी नीति तथा नियम बनाउने तहमा हाम्रो प्रतिनिधित्वताको पहिलो र महत्वपुर्ण खुड्किला हो।

अधिकारको वकालत

आप्रवासीहरु सम्बन्धित विभिन्न महत्वपुर्ण अधिकार सम्बन्धित नियमहरु जस्तै : समानताको नियम, सामाजिक न्यायको नियम र गुणस्तरिय जीविकोपार्जनको लागि चाहिने अत्यावश्यक नियमहरुका सन्दर्भमा वकालत गर्न आप्रवासीको प्रतिनिधित्व अपरिहार्य रहन्छ। र मेरो अथक प्रयाश हाम्रा यिनै अधिकारहरुको सुनिस्चितताको लागि हुने छन।

समुदाय निर्माण

फिन्ल्याण्डमा रहेका कुनै एक वा एक भन्दा बढी आप्रवासीहरुका बिचमा सामुदायिक तहमा भावनात्मक सम्बन्ध बिकास गर्दै परस्पर सहयोग र सद्भाव निर्माण गर्न व्यक्तिहरु वा संस्थाहरुका बिचमा सम्बन्ध निर्माण गर्न हाम्रो राजनीतक संलग्नताले सहयोग गर्दछ ।

नीतिमा प्रभाब

आप्रवासन, शिक्षा, स्वास्थ सेवा र अन्य महत्वपुर्ण मुद्दाहरुमा प्रभाब पार्ने नीति नियम हरु मा प्रभाब केवल राजनीतक संलग्नताले मात्र सम्भब हुन्छ र मेरो यो प्रयाश नीतिगत रुपमा हाम्रो संलग्नता र सहभागिताको लागि पनि हो।

सशक्तिकरण

राजनैतिक संलग्नताले आप्रवासीहरुलाई सामाजिक र राजनैतिक रुपमा सशक्त बनाउँदछ र आशा गर्दछु, यो एक पाइलाले हाम्रा भबिस्यका यात्राको मार्ग प्रसस्त गर्ने छ।

नागरिक जिम्मेवारीको बहन

राजनैतिक संलग्नता एक नागरिक जीवनको सबभन्दा सबल र आधारभूत पक्ष हो जसका माध्यमबाट सामाजिक परिबर्तन सम्भब रहन्छ र यो उम्मेद्वारी मार्फत मैले मेरो नागरिक जीवनको जिम्मेवारी बहन गर्ने छु।

Contact Information

Shekhar Acharya

acharyashekhar@outlook.com
0404690706