गृहपृष्ठ → मूल्य र विचार

मूल्य-मान्यता  र विचारहरु  

राजनीति, काम र दैनिक जीवनमा शेखरलाई डोऱ्याउने कुराहरू।

मूल्य र मान्यताहरु 

शेखर के का पक्षमा छन् ? 

01

एकीकरणका लागि ज्ञान र तालिम

भाषा र संस्कृतिको भिन्नताका कारण हालका आप्रवासीहरूलाई समाजमा प्रभावकारी रूपमा समाहित गर्न गरिएका हालका एकीकरण प्रयासहरू पर्याप्त छैनन्।नयाँ आउनेहरूलाई तालिम र शिक्षा दिने व्यावहारिक र प्रभावकारी उपायहरू पहिल्याउनु उनको  प्राथमिकता हो, ताकि आप्राबाशिहरु  नयाँ वातावरणमा छिटो र सजिलै घुलमिल हुन सकुन ।

02

फिनल्यान्डको अर्को पुस्ताका लागि

आप्रवासीका रूपमा हामी स्थानीय समुदायमा गहिरो रूपमा घुलमिल भएको महसुस गरे पनि हाम्रा सन्तानका लागि अझै धेरै सामाजिक समायोजन आवश्यक छ भन्ने अनुभूति हुन्छ।हाम्रा सांस्कृतिक, सामाजिक र भाषिक मूल्यमान्यता भिन्नताहरुले गर्दा दुई पूर्ण रूपमा फरक जीवनशैलीबीच सन्तुलन मिलाउन धेरै कठिन हुन जान्छ । व्यक्तिगत व्यवहारहरुलाई ब्यबस्थित गर्दै , सामाजिक बहिष्करण बाट बच्नु र   समाजका अभिन्न अङ्ग बन्ने  अवसरहरुकाबारेमा  गम्भीर रूपमा सोच्दै उपयुक्त समाधान खोज्नु हाम्रा लागि अत्यावश्यक छ। 

03

विकास र संस्कृतिको संरक्षण

विकासको खोजीमा हामीले आफ्ना परम्परागत मूल्यहरू त्याग्नु हुँदैन, बरु बदलिँदो समय र परिस्थितिअनुसार सोचविचार गरेर तिनलाई समयानुकूल बनाउनुपर्दछ।  विश्वका कुना-कुनाबाट आएका मानिसहरू एकै ठाउँमा बस्दै गर्दा  हाम्रो समाजमा  विविध भाषा, आस्था र सांस्कृतिक परम्पराहरुको एउटा बेजोड संगम बन्दछ। यस्तो संगम बाट उत्पादित   प्रभावहरूले हाम्रो समुदायलाई सकारात्त्मक वा नकारात्मक रुपमा बदल्न सक्छन्।  तसर्थ कुनै नयाँ संस्कार र संस्कृतिलाई  अर्थपूर्ण रूपमा अँगाल्दा र समाहित गर्दा भने  ती समाजका लागि बहुमूल्य सम्पत्ति पनि बन्न सक्छन्।

04

समावेशिता र प्रतिनिधित्व

हाम्रा टोल-छिमेकका बिषयमा गरिने कुनै पनि निर्णयहरुले त्यहाँ बस्ने सम्पूर्ण मानिसहरूको विविधतालाई प्रतिबिम्बित गर्नुपर्दछ । हामीले त्यस्तो समाजको निर्माण गर्नु हुदैन जहाँ  कुनै पनि समुदायले आफ्नै घरमा दर्शकजस्तो महसुस गर्नु परोस।   

तपाईंको विचार

तपाईं के सोच्नुहुन्छ?

शेखर तपाईंको विचार सुन्न चाहन्छन  – आफ्नो सुझाव वा टिप्पणी साझा गर्नुहोस्।यदि तपाईंको टिप्पणी शेखरको राजनीतिक कामसँग सम्बन्धित छ भने, "राजनीति" ट्याब  छान्नुहोस्।