सिर्जनशील कुना
शेखरको सिर्जनशील संसारमा स्वागत छ।
नीती - निर्माणका कुरा, परिषद्का बैठक र दैनिक जिम्मेवारीभन्दा पर, विचार, अवलोकन र अभिव्यक्तिको एउटा संसार छ, जसले शेखरलाई पूर्ण बनाउँछ। उनको वेबसाइटको यो कुना त्यही संसारतर्फ खुलेको एउटा झ्याल हो जस मार्फत तपाइले शेखरको बिबिध दुनियाँमा नियाल्न सक्नुहुनेछ।
साहित्यिक सिर्जना
साहित्यिक रचनाहरू।
पठन र साहित्य: उनको सोचलाई प्रभाव पारेका पुस्तकहरूको छनोट, छोटा समीक्षा र मुख्य सिकाइसहित।
पठन र साहित्य: उनको सोचलाई प्रभाव पारेका पुस्तकहरूको छनोट, छोटा समीक्षा र मुख्य सिकाइसहित।
पठन
उनले पढेका पुस्तक र समीक्षा।
उनको सोच अनि व्यक्तित्वलाई लाई प्रभाव पारेका पुस्तकहरूको विवरण, छोटो समीक्षा र त्यसबाट शेखरले सिकेका कुराहरु:
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा हेर्नुहोस्
यसपटक नयनराज पाण्डेको पुस्तक यार हेल्सिन्कीदेखि रोभानिएमी र फर्कंदा ओउलुसम्मको यात्रामा मेरो साथी बन्यो। यो पुस्तक पढ्दै गर्दा मैले पनि जीवनका विभिन्न चरणमा भेटेका थुप्रै साथीहरूलाई सम्झेँ। मैले पनि धेरैसँग माफी माग्नुपर्ने छ: चाहे किताब च्यातेको भन्दै तिराएको बाल्यकालको साथी होस्, वा कक्षाको मनिटर भएको घमण्डमा देखाएको हैकम – मैले पनि मानिसहरूको मन दुखाएको छु।
मैले धेरैको मन दुखाएँ वा धेरैले मेरो, त्यसको हिसाब राख्नुको सायद कुनै अर्थ छैन। मैले गरेका गल्तीहरू सम्भवतः बढ्दै गरेको तर कलिलो र अनुभवहीन मन र सोचका उपज थिए, किनकि मानिस हरेक क्षण सिक्छ र बढ्छ। र मेरो मन तोड्नेहरूलाई पनि सायद त्यति नै थाहा थियो।
म लेख्न चाहन्छु, तर म नयनराज बन्न सक्दिनँ; त्यसैले मेरा सम्झनाहरू मसँगै हराउनेछन्। मेरा कृतज्ञताका शब्द कसैसँग साझा हुनेछैनन्, र गुनासाहरूको पूरै किताब पनि म सायद लेख्न सक्नेछैनँ। तर यस रेलयात्राका बाँकी पाँच घण्टामा ती तीता सम्झनाहरूलाई बाटोमा पर्ने खोलानालामा एक-एक गरी बगाउने प्रयास गर्नेछु – ताकि मन अलिकति हलुका होस् र नयाँ सम्झनाहरू सँगाल्न सकूँ।
२० नोभेम्बर २०२० मा लेखिएको – मूल समीक्षा नेपालीमा लेखेर फेसबुकमा पोस्ट गरिएको थियो।
समीक्षा हेर्नुहोस्
योगमाया सिध्याउन जति लामो समय लाग्यो, त्यति लामो समय मलाई अरू कुनै पुस्तक पढ्न कहिल्यै लागेको थिएन। वास्तवमा बीचमै मैले अरू दुईवटा पुस्तक पढिसकेँ र अर्को एउटाको आधाजति पढेँ। किन हो थाहा छैन, यो पुस्तक पढिरहूँ भन्ने तीव्र चाहना कहिल्यै जागेन, तर नसिध्याउन्जेल मनलाई चैन पनि भएन।
जे होस्, नेपाली समाजमा योगमायाजस्तो पात्र थिइन् र उनले समाज सुधार्न यति ठूलो प्रयास गरिन् भन्ने थाहा पाउँदा साँच्चै रोमाञ्चित भएँ। साथै, उनले कल्पना गरेको समाज आजसम्म पनि बन्न नसकेकोमा पछुतो पनि लाग्यो।
लेखक र कथाकारका रूपमा नीलमको काम साँच्चै प्रशंसनीय छ।
१५ अगस्ट २०१९ मा लेखिएको – मूल समीक्षा नेपालीमा पुस्तकको अन्तिम पानामा लेखिएको थियो।
समीक्षा हेर्नुहोस्
यो पुस्तक पढिसकेपछि मैले बुझेँ कि राजनीतिक आचरण र व्यवस्था कुनै सकारात्मक परिवर्तनबिना जस्ताको तस्तै छ। भ्रष्ट र अस्तव्यस्त व्यवस्थापनबाट राजनीतिक संस्कृति अझै नबदलिएको अवस्थामा समाजमा कुनै युगान्तकारी परिवर्तनको अपेक्षा गर्नु बुद्धिमानी होइन।
साथै, पुस्तकले मैले बाल्यकालको धेरैजसो समय बिताएका वा नजिकैबाट देखेका ठाउँहरू चित्रण गरेको छ। जोगिमाराको फाँट, बागमतीको किनार र साँखुले मलाई म जन्मिएर हुर्केको ठाउँमा पुऱ्यायो।
समीक्षा हेर्नुहोस्
सकियो। मेरो लागि नेपाली परिप्रेक्ष्यमा मदन कृष्ण र हरिबंस जति उम्दा उचाइको मानिस सायद अरु कोहि होलान । किताब पढे पछी थप केही यथार्थ थाहा भयो जस्ले मेरो आंखामा उन्को उचाइ अझ बढ्यो। कमसेकम उन्ले र उन्को परिवार्ले दुख पाएको कुरा पढ्नु र सुन्नु पर्दा सार्हो मन पोल्यो किन हो किन ! तर पनि जीवन हो भोगाइ भोग्नै पर्छ।मह जोडि अ्मर रहोस अनि मेरा सुबेक्ष्या तथा प्रार्थना ।आफुले पढ्दा पढ्दै बिचमै रोकेर किताब दिनुहुने Bibechana Pudasaini Khanal भौजुलाइ धेरै धेरै धन्यबाद ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
नेपालगन्ज र बादलको साइनो गज्जब लाग्यो । समय मिलेमा साथी Dinesh Poudel सङ्ग सोध्नेनै छु। पानीको घाम पढिसकेपछी एकछिनको लागि टहलिएर सोच्न बाध्य भएं। मैले किताब पढें वा नेपालगन्जका जिवनहरु भोगें। बिचित्र चरित्रहरु तर सायद यथार्थ परक। पहिले कतै नपढिएका अनि कतै नहेरिएका। लाग्यो एउटा देश भित्र हराएको ठाउँ हो! होइन भने किन सबै कुरा यति नौला लागेका त ?लेखन शैली आफैंमा अनुपम अनि हरेक अध्यायहरुमा नयाँ कथाहरु । सायद पहिलोपटक किताब सक्न मन लागेन । यस्तो लागिरह्यो कि यो किताबमा यसैगरी नयाँ नयाँ कथा हरु थपिदैं जाउन। किताब को सिर्सक बुझ्न अझ सायद केही समय लाग्ला तर पनि इमानदार भएर भन्ने हो भने मैले पढे सम्मका उत्कृष्ट भित्रमा सुचिकृत भयो। किताब को लागि दाजु Shishir Acharya लाई धेरै धेरै धन्यवाद .
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
बुद्धिसागरको अर्को कृति फिर्फिरे पनि पढि सकियो। अझपनी समाजमा बिध्यमान रहेको बोक्सिप्रतिको बिश्वास अनि धामी झाकृको प्रथाले मन कुडियो। जुठिआमैले सृजेका कथाहरु एकातिर रोमान्चित थिए भने उत्त्रार्धमा उनि आफै एक दयालाग्दो पात्र बन्नुपर्दाको क्षण सायद सबभन्दा मन बिझाउनेथिए।अन्जानमा केही पैसाको लोभमा परेर पवन ले गरेको गल्तीले निम्त्याएको कथाको अर्को मोढ सार्हो मार्मिक छ। पवनप्रती बसन्तको मित्रता, अनि मुनमुनप्रती पवन को प्रेम, बिच्कु माझी, चिल्गाडी, उखाने, सबैतिर हारेका सर्बजित मास्टर, बाल्सुलभतामा अल्झिएकी रमा र अन्य थुप्रै चरित्रहरुले यो उपन्यासलाई एक उत्कृष्ट र पठनिय कृतिको रुपमा उभ्याएको छ।म पनि अन्त्यसम्म पवनको फिर्ति कुरिरहे जसरी वसन्त लाइ कुरिरहें
कर्णाली ब्लुज पढी सकियो । पूरा जिन्दगीनै ११ दिनको संघर्ष जस्तो लाग्यो जहाँ एउटा छोराले बाबुको मृत्युसय्यामा बसेर आफ्नो बाल्यकाल देखिका सम्झनाहरुलाइ पुनर्जिबित गर्दछ।किताब पढिसकेपछी नेपालको भौगोलिक बनावट सम्झेर झन अत्यास लाग्यो।बाल्यकालका छुल्यांइहरु, अतृप्त प्रेम गाथा, समाजका चरित्रहरु अनि एउटा परिवारको प्रेम अनि बेदनाको गाथा।लेखकलाई साधुबाद।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
समीक्षा छिट्टै आउँदैछ।
छिट्टै आउँदैछ।
लेखन